घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मङ्गलबार, ०९ असोज २०८०, ११ : ४२

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य ३० रुपैयाँले घटेको जानकारी दिएको हो ।
महासङ्घका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेर कारोबारमा आएको छ । महासङ्घले आज १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको मूल्य हिजो १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोप फ्रान्सिसको निधनमा कांग्रेसद्धारा दु:ख व्यक्त
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट चौथो दिन पनि हेर्न नभ्याइने
-
किन स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक ?
-
पहलगाम आक्रमणका ३ संदिग्धको स्केच सार्वजनिक
-
तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख रुपैयाँ दिने लगायत ‘क्याबिनेट’ ले गर्यो यी १९ निर्णय
-
एमालेको ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा