नेपाल–चीनबीच कृषि क्षेत्रमा के–के भए सम्झौता ?
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयबीच कृषि, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको बेला सोमबार सो सम्झौता भएको हो । सो समझदारीले दुई देशबीचको कृषि सहयोगको स्तर उकास्ने विश्वास संयुक्त विज्ञप्तिमार्फत गरिएको छ ।
नेपाल–चीन कृषि सहयोगसम्बन्धी चौथो संयुक्त आयोगको बैठक यथाशीघ्र आयोजना गर्न पनि दुवै देश सहमत भएका छन् । दुवै पक्षबीच यसअघि नै कृषिमा सहकार्यलाई थप प्रवर्द्धन गर्न कृषि औद्योगिक प्रदर्शनका लागि पार्क बनाउने सहमति भइसकेको थियो । पार्कका लागि स्थानको चयन नेपाल पक्षले चाँडै गर्ने भनिएको छ ।
९८ प्रतिशत कर लाग्ने उत्पादनमा शून्य महसुल उपलब्ध गराएकोमा नेपाली पक्षले चिनियाँ पक्षको प्रशंसा गरेको छ । चीनले नेपाली उत्पादन आयातका लागि सहजीकरण गर्न तयार रहेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । चीनले नेपालबाट घाँस निर्यात गर्न सफल भएको छ । त्यसका साथै नेपालबाट चीनमा चिनियाँ औषधिको लागि वनस्पतिबाट व्युत्पन्न औषधी सामग्रीको निर्यातका लागि हस्ताक्षर भएकोमा नेपाल र चीनले स्वागत गरेका छन् ।
चीनतर्फ भैँसीको मासु निर्यातका लागि स्वीकृति दिने प्रक्रियालाई तीव्रता दिन पनि दुवै पक्ष सहमत भएका छन् । भैँसीको मासु आयात गर्न सके व्यापार असन्तुलन कम गर्नको सहज हुने नेपाली पक्षको भनाइ छ ।
नेपाली फलफूलको निर्यातका लागि फाइटोसेनेटरी आवश्यकताहरू पूरा गर्न र नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापना गर्न चीनले नेपाललाई सहयोग गर्ने समेत सहमति भएको छ । साथै चीनले याक, नाक र पहाडी बाख्रा (च्याङग्रा) को प्रजनन तथा अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप