खानेपानी आयोजनाबाट तारुकाका ६५० घरधुरी लाभान्वित

नुवाकोट । तारकेश्वर गाउँपालिकाको महत्वपूर्ण आयोजनाका रूपमा रहेको जोरघट्ट-तारुका खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । जोरघट्ट मुहानको पानी गाउँपालिकाको तारुका आइपुगेसँगै आइतबार गाउँपालिका अध्यक्ष शिव अधिकारीले खानेपानीको उद्घाटन गरेका हुन् । दुई वडाका ६५० परिवारलाई समेट्ने यो आयोजनाले दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
राष्ट्रिय स्तरमा ख्याति पाएको माघेसंक्रान्ति गोरुजुधाइ मेला लाग्ने ऐतिहासिक महत्वको गाउँ तारुकाका बासिन्दाको दशकौंदेखि अल्झिएको एउटै सपना थियो - घरघरमा धारा, आफ्नै धारामा पानी । जोरघट्टको पानी तारुका झरेसँगै अब यो सपना विपना बनेको बताइएको छ ।
अध्यक्ष अधिकारीले अब तारकेश्वरका कुनै पनि गाउँले काकाकुल बस्ती बनेर बस्न नपर्ने बताए । पानीजस्तो न्यूनतम आवश्यकताको विषयमा आग्रह पूर्वाग्रह र स्वार्थ हावी हुन नहुने भन्दै उनले सबै आयोजनाहरू सम्पन्न गर्ने संकल्प गरे ।
आयोजनाको काम लक्ष्यअनुरूप भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष अधिकारीले पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे । उपभोक्ता समितिले दिएको जानकारी अनुसार, घरघरमा पक्की धारा बनाउने काम दोस्रो चरणमा हुने छ । तारुकावासीले जोरघट्टको पानी सामुहिक रुपमा उपभोग थालिसकेका छन् ।
जोरघट्ट खानेपानी आयोजनाबाट तारकेश्वर २ र ३ का ६५० घरधुरी लाभान्वित भएको उनले बताए । आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम सम्पन्न हुँदै जाने उपभोक्ता समितिका अध्यक्ष समर बहादुर आलेले बताए । खानेपानीका लागि स्थानीयले उत्साहपूर्णरुपमा श्रमदान समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि
-
राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द
-
मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आगामी बुधबारदेखि