रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न बैठक बोलाएको छ । बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन् ।
कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी र ऐतिहासिक दस्ताबेज लेखनका लागि जनताको आवाज सुन्न जिल्ला जिल्ला पुगेका नेताहरूले पेस गरेको रिपोर्टको सम्बन्धमा समीक्षा हुन्छ’, उनले भने ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज २ गते ६७० जनालाई बाँकी सजाय मिनाहा गरेका थिए । गम्भीर फौजदारी अभियोग लागेका अभियुक्तलाई समेत आममाफी दिएको चौतर्फी आलोचना भएको थियो । यस्तै संविधान दिवसको अवसर पारेर रास्वपाले दस्ताबेज लेखनका लागि जनताको सुझाव लिन सभापति रवि लामिछानेसहित १९ जना नेताहरू जिल्लामा कटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु