समाजवादीका अध्यक्ष माधव नेपालद्वारा लुम्बिनीको भ्रमण

लुम्बिनी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामा सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष शिद्दिचरण भट्टराई प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले स्वागत गरेका थिए ।
नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुका साथै मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरे। पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको थियो।
लुम्बिनीलाई वृहत क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्न पहल गर्न उपाध्यक्ष डा लामालाई शुभकामना समेत व्यक्त गरेका हुन् ।
लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उनले लुम्बिनी लगायत बुद्ध सँग सम्बन्धित पुरातात्विक क्षेत्रलाई समेटेर वृहत्तर लुम्बिनीका रुपमा विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबिच लगानी प्रवर्द्धन गर्ने समझदारी
-
अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी
-
राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति
-
व्यस्त खेल तालिकाबिच दक्षिण अफ्रिकी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको राजीनामा
-
दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबिच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर