फिलिपिन्समा मिसेस् युनिभर्सको प्रतिनिधित्व गर्दै विमला
लन्डन । आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स २०२३ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् ।
लन्डन फेसन हाउसले आइतबार ‘कोरोनेसन नाइट’ समारोहबीच मिसेस् नेपाल युनिभर्स २०२२ की फस्ट रनर अप बुढाथोकीलाई मिसेस् नेपाल युनिभर्स २०२३ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन् ।
बुढाथोकीलाई मनीषा डंगोल र मिसेस् नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले मिसेस् नेपाल युनिभर्स २०२३ को क्राउन लगाइदिएका थिए ।
फिलिपिन्समा हुन गइरहेको ४६औँ मिसेस् युनिभर्स २०२३ मा सय भन्दा बढी मुलुकका मिसेस् सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनीषा डंगोल श्रेष्ठले जानकारी दिइन् । उपाधिसँगै बुढाथोकीलाई आगामी अक्टोबरमा हुने प्रतियोगिताका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसहित चुनौती पनि थपिएको छ ।
नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने उनले बताइन् ।
सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छंदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् । हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन प्रेट अ मंगर’ मा म्यानेजरका रूपमा कार्यरत छिन्।
विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासंग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ ।
लन्डन हयारोस्थित नेवा छेः मा आयोजित समारोहमा मिसेस् नेपाल युनिभर्सका पूर्व प्रतिष्पर्धी सुन्दरीहरुले ुक्याटवाकु गरेका थिए । संगीतमय कार्यक्रम सुस्मिता थापाले सञ्चालन गरेकी थिइन् ।
यसपटकको प्रतियोगितामा विगतको जस्तो प्रतिस्पर्धा नगरिएको र प्रक्रियागत रूपमा नै आन्तरिक रूपमा छनौट गरिएको आयोजक संस्थाकी निर्देशक मनीषा डङ्गोलले बताइन् । प्रतियोगिताले महिलालाई अघि बढ्ने क्षमता अभिवृद्धि गर्नुका साथै थप आत्मबल बढ्ने पनि उनको धारणा थियो । ‘प्रतियोगितामा सहभागी जनाउन सहयोग एवम् हौसला प्रदान गर्न पुरुषको पनि उत्तिकै हात रहेको र मिसेस् नेपाल युनिभर्सलाई यहाँसम्म ल्याउनको लागि घरपरिवारको पनि उत्तिकै योगदान छ, मनिषाले भनिन् ।
कार्यक्रमलाई सफल पार्न विभिन्न माध्यमबाट सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आफ्नो अभियानमा निरन्तर सहयोग गर्न उनले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते