सुक्खा बन्दरगाहमा करोडौँको ‘कन्टेनर स्क्यानर’ बेवारिसे अवस्थामा
पर्सा । चीन सरकारको अनुदानमा प्राप्त करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार परिसरभित्र बेवारिसे अवस्थामा थन्किएको छ ।
भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत् नेपालमा भित्रिने ठुला कन्टेनरभित्र रहेका मालवस्तुको स्क्यान गरी परीक्षण गर्ने उद्देश्यले नेपाल सरकारले मेसिन प्राप्त गरेको हो । तर,सो स्क्यानर मेसिन केही वर्षदेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा बेवारिसे अवस्थामा छ ।
सो मेसिन सञ्चालन गर्न सुक्खा बन्दरगाह कार्यालयले चीनबाटै प्राविधिक झिकाई ६ जना कर्मचारीलाई तालिमसमेत दिएको थियो । तर, तालिम पाएका कर्मचारीहरु पनि अन्यत्र सरुवा भएर गएपछि अहिले मेसिन बिग्रिएर काम नगर्ने अवस्थामा पुगेको भन्सार कर्मचारी बताउँछन् ।
दीर्घकालिन रुपमा सञ्चालन गर्न सक्ने-नसक्ने विषयमा अध्ययन नै नगरी अनुदानमा प्राप्त गरेको भरमै नेपाल भित्र्याइएको मेसिन अहिले कर्मचारीहरुका लागि समेत समस्याको विषय भएको छ ।
गत महिना अर्थमन्त्री रामशरण महतले वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयको अनुगमनकोक्रममा भन्सार कर्मचारीले नियोजित ढंगले कन्टेनर स्क्यानर मेसिन बिगारेर राखेको भन्दैसार्वजनिक रुपमा टिप्पणी गरेका थिए ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सुशीलप्रसाद शर्मालेस्क्यानर मेसिन करिव १५ वर्षअघि चिनियाँ सरकारको अनुदानमा प्राप्त भएको जनाए । उनले तत्कालीन अवस्थामा उच्च लोडसेडिङ र दक्ष प्राविधिक जनशक्तिको अभावमा मेसिन सुचारु गर्न नसकिएको बताए।
सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भारतसहित तेस्रो मुलुकबाट दैनिक सयौको संख्यामा कन्टेनर भित्रिन्छन् । यस्ता कन्टेनरभित्र रहेका मालवस्तुको भौतिक परीक्षण सरल बनाउन सरकारले स्क्यानर मेसिन ल्याएको थियो ।
प्रविधिमैत्री मेसिन सञ्चालनको अभावमा अहिलेकन्टेनरको भैतिक परीक्षण गर्न कर्मचारीलाई भ्याई नभ्याई छ । भन्सार अधिकृत शर्माले पुनः यो मेसिन सञ्चालन गर्न सक्ने÷नसक्ने विषय प्राविधिकलाई मात्रै ज्ञान हुने र प्राविधिकहरुबाट परीक्षण गराएर चल्न सक्ने अवस्थाको भए चलाउने र चल्न नसक्ने अवस्थाको भएमा अर्को वैकल्पिक मेसिनको ल्याउनुपर्ने बताउँछन् ।
तर, मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सरोकारवाला निकायको ध्यान पुगेको देखिदैन । मेसिन सञ्चालन गर्न विद्युत र लोडसेडिङ मात्रै समस्या थियो वा तत्कालीन कर्मचारीले नियोजित ढंगले बिगारेर राखेका हुन् भन्ने विषयमा भने अध्ययन आवश्यक देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म