१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसँग पराजित
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल जापानसँग ८–० गोलअन्तरले पराजित भएको हो ।
जापानसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो । समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो ।
जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो । यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन् । यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन् । खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५–० गोलको फराकिलो अग्रता दिलाइन् ।
जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो । खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन् । यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ७–० गोलको अवस्थामा पुर्याइन । यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८–० गोलअन्तरको जित दिलाइन् । जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८–० गोलअन्तरले पराजित गरेको थियो ।
यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ।
नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित
-
इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्रीले लिइन् जानकारी, आवश्यक सहयोग गर्न निर्देशन
-
कतारका राजदूतसँग मेयर बालेनले भने, ‘विश्वकपको व्यवस्थापनबाट प्रभावित छौँ’
-
टी–२० महिला विश्वकप : भारतसँग हार्यो पाकिस्तान
-
नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मनोनयन
-
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै