रातोपाटीकर्मी धामीमाथि भएको घटनाको शिक्षा पत्रकार समूहद्वारा भर्त्सना
सोमबार, ०८ असोज २०८०, १९ : ३६
काठमाडौँ । रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको घटनाको शिक्षा पत्रकार समूहले भर्त्सना गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा पत्रकार समूहले शिक्षा पत्रकार समेत रहेका रातोपाटीकर्मी धामीमाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गरेको हो ।
शिक्षा पत्रकार समूहका महासचिव रोशन क्षेत्री गाउँले जारी गरेको विज्ञप्तिमा भनिएको छ , 'शिक्षा पत्रकारमाथि भएको यो जघन्य घटनाको शिक्षा पत्रकार समूह खेद प्रकट गर्दछ । समाचार लेखेको कारण यसअघि पटक–पटक आक्रमणको धम्की खेपिरहेका धामीमाथिको आजको आक्रमणले राजधानीमै सञ्चारकर्मीहरु असुरक्षित रहेको भान हामीलाई भएको छ ।'
रातोपाटीको कार्यालयनजिकै पुल्चोकमा धामीमाथि सोमबार दिउँसो अज्ञात समूहले आक्रमण गरेको थियो ।