सत्यसँग सिङ नजुधाउन सरकारलाई ओलीको चेतावनी
_HcUOd4zxAu.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यसँग सिङ नजुधाउन चेतावनी दिएका छन् ।
काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताएका हुन् । उनले सरकार आफै मुलुकको अवस्था बिगार्न लागिरहेको पनि बताए ।
‘अवस्थालाई बिगार्न सरकार आफै लागेको छ’, उनले भने, ‘शिक्षकहरु सडकमा छन् । सरकारलाई ढुक्क लागेको होला स्थायी र करार भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ । केहीलाई सडकमा पठाएँ भनेर ।’
उनले सरकारको ध्यानाकर्षण गराउँदै शक्ति विभाजन गर्नसकेपनि सत्य विभाजन गर्न नसक्ने बताए । ‘शक्ति विभाजित गर्न सकिएला तर सत्य विभाजित हुँदैन । सत्य एउटै हुन्छ’, ओलीले भने, ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु सत्यसँग सिङ नजुधाउनु बेरसवेर भाँचिन्छ । फुक्लिन्छ । शिक्षकहरुसँग दम्भ नदेखाउनुस् ।’ उनले शिक्षकसँगको वार्ता शिक्षा मन्त्रालयमा वार्ता नगरेर गृह मन्त्रालयमा वार्ता गरेको भन्दै एक थरीसँग वार्ता गरेपनि अर्को थरीलाई बेवास्ता गरिरहेको बताए ।
उनले एक जना युवा सडकमा १२५ घण्टादेखि सत्याग्रहमा रहेपनि सरकारले बेवास्ता गरेको बताए ।
उनले १७ दिनसम्म संसद् बन्द गरेकोमा पनि आक्रोश पोखे । उनले प्रधानमन्त्री प्रचण्ड बाहिर जानेभएपछि संसदमा तालाबन्दी गर्न निर्देशन दिएको पनि बताए । जनताका आवाज सांसदहरुले बोल्छन् भन्ने पिरले सरकारले संसद् बन्द गरेको पनि बताए । उनले व्यापार व्यवसाय ठप्प भएको भन्दै भएका उद्योग समेत चल्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी ट्रेड युनियन महासंघ महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म