निडर भएर अगाडि बढेनौँ भने डुब्छौँ : दीपक गिरी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टी विधान र संविधान संशोधनका लागि सोच्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै उनले भने निडर भएर अगाडि नगए डुब्ने अवस्था आएको बताए ।
‘पार्टी विधान, मिश्रित निर्वाचन प्रणाली र हाम्रो संविधानका बारेमा पनि सोच्नुहोस् । डराउनुपर्दैन । निडर भएर अगाडि बढेनौँ भने डुब्छौँ,’ उनले भने ।
युवाहरूको विदेश पलायन रोक्न कांग्रेस समाधानसहित अगाडि आउनुपर्ने गिरीले बताए । ‘सबै निराश छन् । दिनानुदिन मानिसहरू बिदेसिएको अवस्था छ,’ उनी भन्छन्, ‘हामीले बैठकमा कुरा उठाउँछौँ । यो समाधान के हो ? अब कांग्रेस समाधानसहित अगाडि आउनुपर्छ ।’
गत वैशाख १० मा चितवन २ र तनहुँ १ मा निर्वाचन हार्दा पनि गहिरो ढंगले समीक्षा नभएको गिरीले बताए । चुनाव जित्नका लागि प्रविधिमैत्री रणनीति बनाउनुपर्ने उनको भनाइ थियो । आगामी मंसिरमा हुने महासमिति बैठक नाम मात्रको हुन नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड