देशलाई सामाजिक अराजकताले गाँजेको छ : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा सामाजिक अराजकताले गाँजेको बताएका छन् । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेता पोखरेलले बढ्दै गएको अराजकताले एमालेमात्रै नभएर देशको भविष्यमाथि नै गम्भीर प्रश्न उठाउन सक्नेतर्फ सचेत रहनुपर्ने बताए ।
‘देशमा जताततै संकटै संकट छ । यो संकट सामाजिक अराजकताले सिर्जना गरेको संकट हो’, उनले भने, ‘सांस्कृतिक अधोपतन र आर्थिक विश्रृंखलताले सिर्जना गरेको समस्या हो यो ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले यावत समस्यासँग जुध्ने नेकपा एमाले बलियो र सदृढ शक्तिका रुपमा आउनुपर्ने बताए । ‘यसको नेतृत्व
सुदृढ हुनैपर्छ । होइन भने अहिले बढिरहेको सामाजिक अराजकताले एमाले मात्रै होइन देशको भविष्यमाथि गम्भीर प्रश्न उठाउन सक्छ । सांस्कृतिक विचलनको चुनौतिलाई हल गर्न नसके ठिक ढंगले अघि बढ्न सकिँदैन’, पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु
-
नेपालले करिब २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै
-
झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा
-
पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु