बालेनको दाबी : अभियन्ताहरू संवादमा बोलाउँदा आएनन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् ।
आफूलाई ‘ईः’ भनेर चिनाउन अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रिय सभा गृहअगाडि गत मंगलबारदेखि आन्दोलन सुरु भएको हो । चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै उनले उभिएर विरोध गर्दै आइरहेका छन् ।
यति लामो समय विरोध प्रदर्शन गर्दा पनि मेयर बालेनले आफूहरूको आवाज नसुनेको अभियन्ताहरूले गुनासो गर्दै आएका छन् । तर, मेयर बालेन भने आफू संवादका लागि तयार भए पनि आन्दोलन राजनीतिक स्वार्थसँग जोडिएका कारण अभियन्ताहरू नै संवादमा नआएको बताएका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् , ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।
-
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँ: श्रममन्त्री भण्डारी
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो