दिवाकरको ‘हनी बनी’ माघ २६ मा रिलिज हुने
काठमाडौँ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘हनी बनी’ माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
फष्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक अवतारमा देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर फिल्म हो । भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ ।
एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह–निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् ।
फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाही लगायतको समेत अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार पाएको छैन भन्दैमा चुप लागेर बस्ने कुरा आउँदैन : मन्त्री लामिछाने
-
चिटफन्ड घोटालामा शुभमन गिलसहित चार क्रिकेटरको नाम
-
चुनावी ‘मुभमेन्ट’को झल्को, प्रमुख दलको ध्यान ‘अभियान’मा
-
रास्वपाको नजर सहकारी अध्यादेशदेखि रविको अदालती मुद्दासम्म
-
प्रदेशका उकुसमुकुस र संघीयता कार्यान्वयनको अवस्था
-
१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा