धर्तीका लागि खतरनाक मानिएको उल्कापिण्डको नूमना लिएर फर्कियो नासाको यान

२४ सेप्टेम्बर २०२३ अर्थात् हिजो राती करिब ८ बजे अमेरिकाको उटाहस्थित ग्रेट साल्ट लेक रेगिस्तानमा अन्तरिक्षबाट एउटा क्याप्सुल आयो । यो क्याप्सुलमा त्यो उल्कापिण्डको माटोको स्याम्पल छ जुन आजभन्दा ठिक १५९ वर्ष अर्थात् २४ सेप्टेम्बर २१८२ मा धर्तीसँग ठोक्किने सम्भावना छ । यो उल्कापिण्डको नाम बेनू हो । यो यान ६४३ करोड किलोमिटरको यात्रा गरेर फर्किएको हो ।
यसको ठक्कर २२ वटा परमाणु बमको विस्फोट जत्तिकै विकाशकारी हुने अनुमान गरिँदै छ । यसबाट बच्नका लागि नै नासाले ओसिरिस–रेक्स मिसन लन्च गरेको थियो । यसको माटोको स्याम्पलमार्फत यो कति बलियो उल्कापिण्ड हो भनेर अनुसन्धान गर्न लागिएको हो । यसलाई मिसाइलमार्फत अन्तरिक्षमा विनाश गर्न सकिन्छ कि वा दिशा फेर्नका लागि कुनै यान वा हतियार पठाउनु पर्ने हुन्छ भनेर अनुसन्धान गरिनेछ ।
क्याप्सुन ग्रेट सल्ट लेक मरुभूमिमा अवतरण गरिसकेको छ । अब यसको नमुनालाई निकालेर त्यसको अनुसन्धान गरिनेछ । यो क्याप्सुल सानो फ्रिजको आकारको छ । ओसाइरिस–रेक्सको पूरा नाम ओरिजिन्स, स्पेक्ट्रल इन्टरप्रिटेसन, सिसोर्स आइडेन्टिफिकेसन एन्ड सिक्योरिटी रिगोलिथ एक्सप्लोरर हो ।
उल्कापिण्डको स्याम्पल ल्याउनका लागि पठाइएको यो अमेरिकाको पहिलो मिसन हो । यसले तीन वर्ष अघि नै बेनूको नमुना लिएको थियो । त्यसपछि नै यो धर्तीतिर फर्किरहेको थियो । ४५ किलोग्रामको क्याप्सुलमा करिब २५० ग्राम स्याम्पल छ । वायुमण्डलमा छिर्ने बित्तिकै यसले लाभाभन्दा दोब्बर बढी तातो तापक्रम सहेको थियो ।
यो धर्तीमा जुन गतिले वायुमण्डलमा आयो, त्यो निकै प्रशंसनीय छ । यो अन्तरिक्षमा हाइपरसोनिक गतिमा यात्रा गर्दै पृथ्वीतर्फ आएको हो । यसको एकातिर हिटशिल्ड राखिएको छ जसले यसलाई धर्तीको वायुमण्डलमा आउने बित्तिकै यसलाई जल्नबाट जोगायो ।
धर्तीको वायुमण्डलमा प्रवेश गर्ने बेला यसको गति आवाजको गतिभन्दा ३६ गुणा बढी थियो तर अवतरण १० माइल प्रतिघण्टाको गतिमा भएको थियो । अर्थात्, प्यासुटमार्फत् १६ किलोमिटर प्रतिघण्टाको गतिले ।
स्याम्पल लिएर फर्किएको नासाको क्याप्सुल ओसाइरिस–रेक्सका प्रोजेक्ट म्यानेजर रिच बर्न्सले भने, ‘हामीले सात वर्ष अघि यो यानलाई बेनूबाट स्याम्पल ल्याउन पठाएका थियौँ । बेनूको ठक्करले जुन क्षति हुनेछ, त्यो भयानक हुनेछ । तर यसको सम्भावना २७०० मध्ये एक मात्रै छ ।’
पृथ्वीबाट डायनासोरलाई नष्ट गर्ने उल्कापिण्डभन्दा बेनू २० गुणा कम चौडाको छ । तर यो जमिन वा समुद्र, जे मा ठोक्किए पनि यसले ठुलै विध्वंस निम्त्याउनेछ । यसका कारण पूरा विश्वमा थुप्रै जीवको विनाश हुनसक्छ । यसको ठक्करले बन्ने खाल्डो करिब १० किलोमिटर चौडा हुनेछ । ठक्कर लागेको स्थल वरिपरि १००० किलोमिटरको दायरामा केही पनि बाँकी रहने छैन । तर यदि यो समुद्रमा खस्यो भने यसको विनाश सबैभन्दा धेरै हुनसक्छ किनभने यसको ठक्करले आउने सुनामीको लहर आसपासको द्विप वा देशमा भयानक विध्वंस निम्त्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती गोल्डकप : फाइनल प्रवेशका लागि मच्छिन्द्र र थ्री स्टार भिड्दै
-
हमासले रेडक्रसलाई हस्तान्तरण गरेको नयाँ शव कसको ? इजरायलले थाल्यो अनुसन्धान
-
मोदी मौरिससकाे राष्ट्रिय दिवस समारोहमा सहभागी हुने
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु