प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता, तस्बिरहरू
सोमबार, ०८ असोज २०८०, ०९ : ५१

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटवार्ता अघि चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित सम्मान गरेको थियो। प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।
द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचार विमर्श भएको बुझिएको छ । प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागिता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)