कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल हुँदै, गृहमन्त्री श्रेष्ठ विराटनगरमा

विराटनगर । कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा हुँदै छ । विराटनगरस्थित बिग होटेलमा बिहान ८ बजेदेखि सुरु हुने बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर आइपुगेका छन् ।
पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितले बैठकमा ब्रिफिङ लिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी तीन दिनसम्म कोशी प्रदेशमै रहने सुरक्षा स्रोतले जनाएको छ । कोशी प्रदेशमा पछिल्लो समय पहिचानको आन्दोलन र अन्य विभिन्न चलखेल बढेको प्रहरीको निष्कर्ष छ ।
सुरक्षा सम्बन्धी छलफल गृहमन्त्री श्रेष्ठले साढे ८ बजे उद्घाटन गरेपछि कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन् । छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू समक्ष ब्रिफिङ गर्ने कार्यतालिका रहेको छ । जिल्लागत रुपमा सुरक्षा अवस्था प्रस्तुत गरेपछि तीनवटै सुरक्षा निकायका कोशी प्रदेशका प्रमुखहरुले त्यसपछि ब्रिफिङ्ग गर्ने कार्यसूचि तोकिएको छ ।
पहिलो सत्रको समापन गरेपछि आजै दिउँसो साढे १२ बजेपछि राजनीतिक दल, नागरिक समाजहरुसँग समसायकि विषय र सुरक्षा सम्बन्धी विविध विषयमा छलफल तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ । अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका सबै राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहनेछ । सोमबार साढे ३ बजे गृहमन्त्री श्रेष्ठले मन्तव्य राखेपछि कार्यक्रम समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक
-
८५ लाख खर्चेर जापानले बनाइदियो विद्यालय
-
‘प्रमुख जिल्ला अधिकारीमार्फत सशस्त्र प्रहरीको परिचालन गर्दा राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा’
-
चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, तीन अर्ब १९ करोड लागत
-
प्रकृतिको 'परिवारप्रति नै श्रद्धाञ्जली' व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन