पीएसजीको सहज जीत, एम्बाप्पे घाइते
सोमबार, ०८ असोज २०८०, ०६ : २४

पेरिस । किलियान एमबाप्पे चोटग्रस्त बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेमाथि सहज जित हात पार्दै लिग वानमा विजयी बाटोमा फर्किएको छ। पीएसजीका स्टार फरवार्डले लियोनार्डो बालेर्डीको प्रारम्भिक ट्याकलपछि खेल जारी राख्ने प्रयास गरे पनि हाफ टाइम अघि नै मैदानबाट बाहिरिएका थिए ।
एमबाप्पेले अक्टोबर ४ मा हुने च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने आशङ्का गरिएको। अचर्फ हाकिमी र रान्डल कोलो मुआनीको एक–एक र गोन्कालो रामोसले दुई गोल गरेपछि पीएसजीले मार्सेलीलाई ४-० ले हरायो।
यसले उनीहरूलाई लिग वानमा तेस्रो स्थानमा उक्लिएका छन् । प्रारम्भिक सिजन लिडर ब्रेस्ट भन्दा टोली दुई अंकले पछि रहेको छ । लुइस एनरिकको टोलीले आफ्नो अघिल्लो खेलमा घरमा निससँग ३-२ ले हारेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने