लिभरपुलको अपराजित यात्रा कायमै, आर्सनल र स्पर्सको रोमाञ्चक बराबरी

लण्डन । लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई हराउँदै यो सिजन प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । आइतबार साँझ भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी बनेको हो ।
खेलको १६ औँ मिनेटमा मोहम्मद शालाहले पेनाल्टीमार्फत लिभरपुललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा जारोड बोयेनले वेस्ट ह्यामका लागि बराबरी गोल फर्काएका थिए । लगत्तै कर्टिस जोन्सले गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
दोस्रो हाफमा भलीमार्फत उत्कृष्ट गोल गर्दै डार्विन नुनेजले पुनः लिभरपुललाई अग्रता दिलाए । ८५ औँ मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे । लिभरपुल सबै प्रतियोगितामा पछिल्ला १८ खेलमा अपराजित रहेको छ । ६ खेलबाट १६ अङ्क बटुल्दै लिभरपुल लिगको दोस्रो स्थानमा छ । वेस्ट ह्याम भने १० अङ्कसहित लिगको सातौँ स्थानमा छ ।
उता शनिबार नै भएको अन्य खेलमा आर्सनल र टोटनह्याम हटस्पर्सले रोमाञ्चक बराबरी खेलेका छन् । लण्डन डर्बीको खेल २–२ मा सकिएको हो । आर्सनलले खेलमा दुई पटक अग्रता लिए पनि सन ह्युङ मिनले दुवैपटक बराबरी गोल फर्काएका थिए । २६ औँ मिनेटमा क्रिस्टियन रोमेरोको आत्मघाती गोलको मद्दतले आर्सनलले अग्रता लिएको थियो तर ४२ औँ मिनेटमा सनले खेल बराबरी गरे ।
दोस्रो हाफको सुरुवातमै बुकायो साकाले पेनाल्टीमार्फत आर्सनललाई पुनः अग्रता दिलाए तर अर्को मिनेटमा नै सनले बराबरी गोल गरे । सनका लागि दुवै गोलको अवसर जेम्स म्याडिसनले सिर्जना गरेका थिए । समान अङ्क भए पनि टोटनह्याम लिगको चौथो र आर्सनल लिगको पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट