मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाहीको माग

आइतबार, ०७ असोज २०८०, १९ : २२
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।  

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हो । 

उनले मलगंवासहित मधेस प्रदेशका केही जिल्लाहरुमा अराजक तत्त्वहरूले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे । उनले कर्फ्युको बाबजुतपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्रीलाई आग्रह गरे । 

अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धि र देशको उन्नति प्रगतिको पक्षमा रहेको बताए ।

विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिति सृजना भएको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप