काराबाख शरणार्थी अर्मेनिया प्रवेश गर्ने क्रम सुरु

कोर्निडजोर । अजरबैजानले पृथकतावादी क्षेत्रविरुद्ध गरेको आक्रमणपछि नागोर्नो–काराबाख शरणार्थीको पहिलो समूह आइतबार अर्मेनियामा प्रवेश गरेको सीमा क्षेत्रमा रहेका एएफपी सम्वाददाताले जनाएका छन् ।
अर्मेनियाको विदेश मन्त्रालयका अधिकारीहरूले दर्ता गरेको अर्मेनियाली गाउँ कोर्निडजोरमा प्रवेश गर्नुअघि केही मानिसहरूको समूह अजरबैजानका सीमा रक्षकहरूबाट रोकिएको थियो ।
यस समूहमा मुख्यतया महिला, बालबालिका र वृद्धवृद्धाहरू रहेका थिए ।
शरणका लागि पुगेका भनिएका केही व्यक्तिले जनाएअनुसार उनीहरू सीमा क्षेत्रको इघत्साहोग गाउँबाट आएका थिए भने केहीले लामो दूरीको यात्रा गरेको बताएका थिए ।
अजरबैजानको आक्रमणले बुधबार विद्रोहीहरूलाई शान्तिका लागि मुद्दा हाल्न र निःशस्त्रीकरण गर्न सहमत नहुञ्जेलसम्म आफू पृथकतावादी प्रतिरोधको हिस्सा रहेको एक व्यक्तिले बताए ।
“हाम्रो परिवारका सदस्य आश्रयस्थलमा थिए,” मेट्स शेन गाउँबाट आएका ३० वर्षीय ती व्यक्तिले आफ्नो नाम नखुलाउने सर्तमा भने ।
“हिजो हामीले आफ्नो राइफल बिसाउनुपथ्र्यो । त्यसैले हामी हिँड्यौँ,” उनले भने ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म