असोज १२ र १३ गते ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हुने
काठमाडौँ । नेपाल चिकित्सक संघको आयोजनामा काठमाडौँमा तेस्रो ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हुने भएको छ ।
संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर असोज १२ र १३ गते काठमाडौँमा ‘एनएमए नेश्नल हेल्थ समिट’ गर्न लागेको जानकारी दिएको हो ।
समिटको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती’ रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै संंघका महासचिव डा.सञ्जीव तिवारीले दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तनका बारेमा छलफल हुने बताए ।
त्यस्तै सम्मेलनमा स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहस हुने पनि उनले बताए । उनले सम्मेलनमा ६ वटा सेसनहरु राखिएको जानकारी दिए ।
महासचिव तिवारीले सम्मेलनका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाएको बताए । उनले देशभरका स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु, नीति निर्माण तहमा संलग्न अधिकारीहरु, स्वास्थ्यसँग सम्बन्धी सम्पूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्था लगायतलाई समिटमा उपस्थित हुन आग्रह गरे ।
समिटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रणनीतिक सुझाव पेश गर्न सुझाव दिने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा