व्यारियर सिस्टममा मौका परीक्षा दिन सकिँदैन : सहायक डिन ज्ञवाली
काठमाडौँ । चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘व्यारियर’मा परेका विद्यार्थीहरुले एक पटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन् ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार विद्यार्थीहरुले दुईदेखि तीन महिनासम्मको समय दिएर परीक्षामा सामेल गराउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका हुन् । उनीहरुले कोरोना अवधिमा लकडाउनका कारण राम्रोसँग पढ्न नपाई व्यारियरमा परेको गुनासो गरेका छन् ।
व्यारियर सिस्टममा विश्वविद्यालयको शैक्षिक कार्यक्रमको भर्ना रद्द भई विद्यार्थीहरु बहिर्गमनमा पर्ने गर्छन् । मौका परीक्षा नै नदिई दुइ वर्ष पढिसकेपछि कुनै विषयमा थोरै अंक ल्याउँदा व्यारियरमा पार्ने गरिएको पीडित विद्यार्थीको गुनासो छ ।
गण्डकी मेडिकल कलेज एमबीबीएस दोस्रो वर्षका विद्यार्थी राजिव दासले आफूहरुलाई दोस्रो वर्षबाट अध्ययन वञ्चित गरिएको बताए । उनले व्यारियरमा परेर डिप्रेसनमा गई पीडित विद्यार्थीमध्ये केही विद्यार्थीले आत्महत्या गरिसकेको भन्दै एक पटक मौका परीक्षा दिन माग गरे । उनले अन्तर्राष्ट्रियस्तरमा पनि मौका परीक्षा दिइएको भन्दै समय पाए उत्तीर्ण हुने आत्मविश्वास रहेको बताए । हाल तीन सय बढी विद्यार्थीहरु व्यारियरमा परेका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा.डा.प्रेम ज्ञवालीले व्यारियर सिस्टम राखेर मौका परीक्षा दिन नहुने बताए । उनले एक पटक गल्ती गरिसकेपछि मौका परीक्षाको अवसर दिन नहुने बताए । मेडिकल सेक्टरमा व्यारियर प्रणाली हटाए यसले गुणस्तरमा नै असर पर्ने उनको भनाई छ । व्यारियर सिस्टम हटाउनु हुँदैन भन्ने सबैको निष्कर्ष रहेको उनले बताए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले व्यारियर सिस्टमको नियम बनाए त्यसले सहजता हुने बताए । उनले तीन वर्ष, चार वर्ष, पाँच वर्ष के हो भनेर स्पष्ट पार्नुपर्ने बताए । उनले व्यारियर राख्दा ख्याल गर्नुपर्ने भन्दै बेसिक साइन्स र क्लिनिकल साइन्सको तादम्यता नमिल्ने बताए ।
समितिमा सांसदहरुले व्यारियरमा एकरुपता ल्याउने जिम्मा कसको हो भन्दै प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने