दुई महिनामा उठ्यो ६७ अर्ब भन्सार राजश्व, लक्ष्यको ७६ प्रतिशत

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा राज्य कोषमा ६७ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको छ । यस अवधिमा विदेशबाट आयातित वस्तुमा लाग्ने करबाट ६७ अर्ब ४७ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको हो ।
नेपाल सरकारले प्रत्येक वर्षको बजेट घोषणा गर्दा भन्सार राजश्वलाई प्राथमिकतामा राखेको हुन्छ । लक्ष्यअनुसारको भन्सार राजश्व उठेमा देशको आर्थिक ढुकुटी सहज ढंगबाट चल्छ भने लक्ष्य पुरा नभएको स्थितिमा कर्मचारीलाई तलब खुवाउने रकमको प्रबन्ध गर्नसम्म हम्मे पर्छ ।
चालू आर्थिक वर्षको दुई महिनामा भने सरकारले तय गरेको लक्ष्य आसपास नै भन्सार राजश्व सङ्कलन भएको छ । बजेटमार्फत अर्थ मन्त्रालयले साउन र भदौ महिनामा ८९ अर्ब १० करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य तय गरेको थियो । तर, यस अवधिमा ६७ अर्ब ४७ करोड मात्रै राजश्व उठेको हो ।
यो लक्ष्यको ७६ प्रतिशत हो । भदौ महिनामा ४९ अर्ब ३९ करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य सरकारले लिएको थियो । जसमध्ये ३५ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको छ । यो लक्ष्यको ७१ प्रतिशत हो ।
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले गत वर्षको तुलनामा आयात घटे पनि राजश्व सङ्कलनको स्थित भने सुधारिएको बताएका छन् । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘गत वर्षको तुलनामा ५.०९ प्रतिशतले आयात खुम्चिएको छ ।’
तर, यस अवधिमा सङ्कलन हुने राजश्वमा भने सुधार आएको विभागको भनाई छ । ‘सीमा नाकामा गरिएको कडाइका कारण राजश्व सङ्कलन बढिरहेको छ,’ खड्काले रातोपाटीसँग भने, ‘सीमा नाकामा प्रहरीले समेत ठुलो परिमाणमा सामान समातिरहेको स्थिति छ ।’ यसको परिणामस्वरूप भन्सार राजश्व बढिरहेको खड्काले जानकारी दिए ।
उनले लक्ष्य प्राप्ति नभए पनि गत वर्षको तुलनामा भन्सार राजश्व सङ्कलनको स्थिति सुधारात्मक रहेको बताए । गत आर्थिक वर्षको दुई महिनाको अवधिमा ६७ अर्ब १६ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको थियो । उक्त अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएको थियो ।
यसले गत वर्षको तुलनामा ५ प्रतिशतले आयात घट्दा समेत राजश्व सङ्कलन ३१ अर्बले बढेको देखाउँछ । यसलाई बाह्य अर्थतन्त्र ठिकठाक रहेको नेपालको आन्तरिक अर्थतन्त्रमा समेत सुधारको सङ्केत देखिएको मान्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म