फिल्म ‘मायावी’ को छायाङ्कन निलगिरी हिमालबाट सुरु

काठमाडौँ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’को छायाङ्कन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट फिल्मको छायाङ्कन सुरु भएको हो । नेपाल र भारतका विभिन्न क्षेत्र गरेर ३५ दिनको छायाङ्कन सेडुल सहित फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले जनकारी दिए ।
निलगिरी आसपासमा अभिनेता पल शाह, अभिनेत्री दीपिका दीपिका प्रसाईं र नव अभिनेता समिम खान फिचर्ड गीतको सुटिङ गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले बताए ।
फिल्ममा पल, दीपिकाको अलवा सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहनेछ । एक वर्ष लामो हिरासत बसाइपछि रिहा भएका अभिनेता पल यसै फिल्म मार्फत केही वर्षपछि फिल्ममा फर्कन लागेका हुन् ।
निलगिरीपछि पोखरा र त्यसपछि भारतमा फिल्मको छायाङ्कन हुनेछ । फिल्ममा चन्द्र पन्त र राज कटुवाल निर्माताको रूपमा छन् ।