नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन कांग्रेस नेता भण्डारीको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा उनले शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका हुन् । उनले यो कुरा सत्य हो भने त्यसलाई सच्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।
भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने जुन कुरा आएको छ। त्यसबारे सरकारबाट स्पष्ट जानकारी चाहियो । यदि सत्य हो भने सरकारले त्यस्तो कार्य तुरुन्त बन्द गरोस्।’
यस्तै उनले सदियौँदेखि रहेको वैदिक सनातन धर्मविरुद्धमा सनातनीहरूलाई जिस्क्याउने र अपमान गर्ने काम भइरहेको भन्दै आपत्ति जनाए। ‘सरकार के हेरेर बसेको छ ? यसबारे पार्टीको दृष्टिकोण के हो ?,’ उनको प्रश्न छ ।
मुलुक इतिहासमै सबैभन्दा संकटमा पुगेको भण्डारीको भनाइ छ। उनले भने, ‘यसको कालो दाग कांग्रेस पार्टीलाई नलागोस्। किनभने मुलुकको यस्तो अवस्था आउनुमा कांग्रेस सबैभन्दा बढी जिम्मेवार छ।’
पार्टी स्थापना कांग्रेसको आफ्नो विचार र नीतिले भए पनि ‘कथित’ राजनीतिक व्यवस्थापनका नाममा १२ बुँदे सहमतिसँगै पार्टीले आफ्नो मूल विचार छोडेको भण्डारीको भनाइ छ। उनले भने, ‘त्यसै बेलादेखि कांग्रेस र मुलुक दुवै संटकमा परेका हुन्।’
नेता भण्डारीले पार्टी महासमिति बैठकमा पनि हिन्दु राष्ट्रका विषयमा छलफल हुनुपर्नेमा जोड दिए । उनले परापूर्वदेखि विभिन्न जातजाति र धार्मिक समुदाय मिलेर बसेको देशमा पहिचानको मुद्दा अघि सारेर त्यसलाई बिथोल्न खोजिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते