एसियाली खेलकुद महिला क्रिकेट : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

काठमाडौँ । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो ।
टस जिती पहिलो ब्याटिङ राजेको बंगलादेशले १७.५ ओभरमा अलआउट हुनुअघि ५१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ८.२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा जेमिमाह रोड्रिग्वेजले अविजित २० रनको योगदान गरिन् । सफाली बर्माले पनि १७ रन बनाएकी थिइन् । कप्तान स्मृति मन्धनाले सात र कनिका आहुजाले अविजित एक रन बनाएकी थिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान निगार सुल्तानाले मात्र दोहोरो सँख्यामा रन बनाउन सकिन् । उनले १२ रन बनाएकी थिइन् । बंगलादेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो । भारतीय बलर पूजा वस्त्राकरले चार विकेट लिइन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आइतबार नै श्रीलंका र पाकिस्तानबीच हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा