एमाले अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाइने

काठमाडौँ । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा इलेक्ट्रोनिक (विद्युतीय) मेसिनमार्फत मतदान हुने भएको छ । असोज ८ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन हुने अधिवेशनमा मतदानका लागि विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी भएको नेकपा एमालेका नेता रामेश्वर फुयाँलले जानकारी दिए ।
‘बागमती अधिवेशनमा मतदानका लागि हामी ट्याङ्की राख्दैनौ । विद्युतीय मेसिनको प्रयोग गर्छौ’, फुयालको भनाइ छ । कतिवटा मेसिन प्रयोग गर्ने भन्ने आन्तरिक छलफल भइरहेकाले टुंगो लागिनसनेको फुयालले बताए । उनका अनुसार अधिवेशनको तयारी लगभग पुरा भएको छ । अधिवेशनमा झण्डै साढे १२ सय प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन अघि काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित नेता कायकर्ताहरु झाँकीसहित अधिवेशनस्थल आउने छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच जना पदाधिकारीसहित २४० जना प्रदेश नेतृत्व छनोटका लागि अधिवेशन हुँदैछ ।
एमाले प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, काठमाडौँका सानु श्रेष्ठ, दोलखाकी रचना खड्का लगायतले आकांक्षा राखेका छन् । तर एमाले नेतृत्वले सकभर सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्दै प्रयास जारी राखेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसके चुनावमार्फत छान्ने विकल्प बाँकी रहेकाले नेताहरुले आआफ्नो तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ