बढ्यो सुनको आयात कोटा, दैनिक २० किलो पुर्याइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा बढाएको छ । केन्द्रीय बैंकले दैनिक १० किलोग्राम सुन आयात गर्न मिल्ने व्यवस्थालाई बढाएर २० किलो पुर्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले दैनिक आयात हुने सुनको कोटा २० किलो पुगेको रातोपाटीलाई जानकारी दिए । उनले अन्तरवार्ताका क्रममा भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा सुनको आयात कोटा बढेको छ ।’
उनले आफ्नै नेतृत्वमा सुनको आयात कोटा बढाउन पहल गरेको बताए । सुनको आयात कोटा बढाउने बैठकमा आफूसहित उक्त पहलमा अर्थमन्त्री रामशरण महत र गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी रहेको उनले स्मरण गरे । यद्यपि, केन्द्रीय बैंकले सुनको आयात कोटा बढाउन परिपत्र भने जारी गरिसकेको छैन ।
बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केन्द्रीय बैंकलाई सुनको आयात कोटा बढाउन सिफारिस गरेको थियो । यसअघि, विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सुनको आयात कोटा १० किलोग्राममा झारेको थियो ।
तर प्रतिदिन आउने १० किलोग्राम सुनले बजार माग नधान्नेमा सबै निकाय जानकार थिए । सोहीकारण, कोटा बढाएर प्रतिदिन २० किलोग्राम पुर्याएपनि यसले समेत माग नधान्ने व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्म शाक्य नेपालमा दैनिक ३० देखि ३५ किलोग्राम सुनको माग रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित