प्रतिकिलो ४० रुपैयाँमा झर्यो गोलभेँडाको थोक मूल्य
_FqsdjK6J67.jpg)
काठमाडौँ । निरन्तर मूल्य बढेर थोक मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको गोलभेँडाको मूल्य ४० रुपैयाँमा झरेको छ । कालिमाटी फलफुल तथा तकारी बजार विकास समितिले आज ठूलो भारतीय गोलभेँडाको मूल्य ४० रुपैयाँ कायम रहेको जनाएको हो ।
समितिका अनुसार सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४७, टनेल गोलभेँडाको ५५ रुपैयाँ र सानो भारतीय गोलभेडाको मूल्य ३५ रुपैयाँ छ । यस्तै, मुडेको आलु ५१ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, सुकेको प्याज ६६ रुपैयाँ तोकिएको छ ।
यस्तै, बन्दा ६५ रुपैयाँ, काउली ८५ रुपैयाँ, सेतो मुला ७५ रुपैयाँ र लाम्चो भन्टा १५ रुपैयाँ छ । यसबाहेक बोडीको थोक मूल्य ५५ रुपैयाँ हुँदा घिउ सिमि ५५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तिते करेला ५५, लौका ४५ रुपैयाँ, परवर ४५ रुपैयाँ छ ।
रायो सागको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ हुँदा तोरीको सागको मूल्य प्रतिकिलो २५ रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन
-
नयाँ वर्षमा स्वयम्भूमा चहलपहल [तस्बिरहरु]
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा