राहत र पेन्सन बन्चित शिक्षकले आजदेखि थप सशक्त आन्दोलन गर्ने

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ । सोही क्रममा शनिबार पनि माइतीघरदेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो ।
आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समिति लगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएकोले बिहान १०ः३० बजे माइतीघर मण्डलामा अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले आग्रह गरेको छ ।
त्यस्तै पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिएको छ ।
शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीको हुलाकी सडक निर्माण ठेक्काको म्याद सम्पन्न, काम अझै ६० प्रतिशत बाँकी
-
हेटौँडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ
-
आजको शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजितजस्तो देखियो – एमाले महासचिव
-
मातातीर्थ औँसीको अवसर पारेर स्मिता दाहालले ल्याइन् ‘आमा’ गीत
-
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
-
राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी