केनको ह्याट्रिकमा बायर्नको सात गोल

एलाइन्ज एरिना । इंग्ल्याण्डका कप्तान ह्यारी केनले ह्याट्रिक गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गर्दा साबिक विजेता बायर्न म्युनिखले भीएएफएल बोचुम १८४८ लाई ७–० को विशाल अन्तरले पराजित गरेको छ ।
बुन्डेस लिगा अन्तरगत शनिबार भएको खेलमा बायर्नले एरिक म्याक्सिम चुपो मोटिङको गोलको मद्दतले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । १२ औँ मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए । २९ मिनेटमा म्याथस डी लिटले तेस्रो गोल थपे । ३८ औँ मिनेटमा केनले लिरोय सानेका लागि गोलको अवसर सिर्जना गरेपछि बायर्नले ४–० को अग्रता बनायो ।
दोस्रो हाफमा पनि बायर्नले गोल वर्षा जारी राख्यो । ५४ औँ मिनेटमा केनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरे । ८१ औँ मिनेटमा केनले म्याथेस टेलका लागि गोलको अवसर सिर्जना गरे । ८८ औँ मिनेटमा उनले आफै गोल गर्दै ह्याट्रिक पुरा गरे । सुरुवाती पाँच खेलमा उनले बायर्नका लागि ७ गोल गरिसकेका छन् । बायर्नका कुनै पनि खेलाडीले यो उपलब्धि हासिल गर्न सकेका थिएनन् ।
थोमस टुकलको टोलीले ५ खेलमा ४ जीत र १ बराबरी गर्दै १३ अंक बटुलेर लिगको शीर्ष स्थानमा रहेको छ । उता आरबी लेइपजीगले बोरुसिया मोचेनग्लाडब्याचलाई १–० ले हरायो भने बोरुसिया डर्टमण्डले वूल्फ्सबर्गलाई समान गोलअन्तरले पराजित गर्यो । लेइपजिग तेस्रो र डर्टमण्ड पाँचौ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ