निर्माण र अभिनयपछि फिल्म निर्देशन गर्दै किरण
काठमाडौँ । अभिनयको सफलतापछि फिल्म निर्माणमा देखिएका थुप्रै कलाकार छन् नेपाली फिल्म क्षेत्रमा । किरण नेपाली भने निर्माणको सफलतापछि अभिनेता बनेका हुन् ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुनमा’ अभिनेताको रुपमा देखिन लागेका छन् किरण । राजु गिरीको निर्देशन रहेको फिल्म आगामी कात्तिकमा प्रदर्शनमा आउने तयारीमा छ । फिल्म निर्माणकाे काम भने उनले दशक अगाडि फिल्म ‘डोली’बाट थालेका हुन् ।
केही नौलो र फरक काम गर्ने उद्देश्य लिएर निर्माणमा पाइला चालेका उनले ‘डोली’पछि ‘लभ डे’, ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’ र ‘हात्ती छापा’ गरेर ५ फिल्म बनाइसकेका छन् । यीमध्ये ‘पोइ पर्यो काले’ र ‘दुई नम्बरी’ ब्यवसायिक रुपमा सफल मानिन्छ । ‘हात्तीछापा’ भने प्रदर्शनमा आउँन बाँकी छ ।
नुवाकोटमा जन्मिएर काठमाडौँ कर्मथलो बनाउँदै आएका उनी फिल्म निर्माण ब्यवसाय र अभिनय रहर भएकाे बताउँछन् । फिल्म ‘नम्बरी सुन’ केही पुराना र केही नयाँ कलाकारसँग काम गरेका उनी आफूले निर्माण गर्ने फिल्ममा भने नाम चलेका कलाकार नै लिने गर्छन् ।
हाल फिल्म ‘नम्बरी सुन’ प्रचार र ‘हात्तीछाप’ को पोष्ट प्रोडक्सनमा व्यस्त उनले यी फिल्मको रिलिजपछि दुई फिल्म ‘दुई नम्बरी २’ र ‘सोली डोली’ निर्माण गर्ने घोषणा पनि गरिसकेका छन् । यी दुई मध्ये ‘सोली डोली’ उनी आफंैले निर्देशन गर्ने सोचमा छन् । निर्माण, अभिनयपछि निर्देशनको पनि अनुभव लिन ‘सोली डोली’ निर्देशनकाे सोच बनाएको उनी बताउँछन् ।
फिल्म निर्माणको अलवा समाजसेवामा पनि रुची राख्ने किरण नेपाली कांग्रेसप्रति लगाव राख्छन् । विद्यालयदेखि कांग्रेसप्रति लगाव भएको बताउने उनको भविष्यमा राजनीति गर्ने सोच छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’