खेलकुद
पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित
शनिबार, ०६ असोज २०८०, १७ : ५९
![पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित](https://npcdn.ratopati.com/media/news/paras_oRuf2D1ute.jpg)
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । उनले ४८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाए । पारस राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् ।
उनले २ वर्षअघि सन्यास लिएका थिए । उनी काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित भएका हुन् ।
क्यानको शनिबार सम्पन्न निर्वाचनले अध्यक्षमा चतुरबहादुर चन्द लगायत अधिकांश पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
च्याम्पियन्स लिग : नकआउट चरण प्लेअफको पहिलो लेगमा रियाल विजयी, दबाबमा म्यान्सिटी
-
घरभित्रै महिलाको शव फेला