प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता (तस्बिरहरू)

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको हाङ्चौँमा औपचारिक भेटवार्ता भएको छ।
चच्याङ प्रान्तको हाङचौँमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि शनिबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।
प्रधानमन्त्री प्रचण्ड चीनको राजकीय भ्रमणका लागि शनिबार बिहान चीन आइपुगेका हुन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर उनी न्यूयोर्कबाट सिधै त्यहाँ पुगेका हुन् । सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।
यसअघि एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको थियो । चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको भोजमा नेपालका प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम