हलचोकमा ध्यान कार्यक्रम, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ । कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।
गृह मन्त्रालय र ‘जीवन विज्ञान’को संयुक्त सहकार्यमा तय गरिएको कार्यशालामा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य दिएका थिए।
कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुखहरू र प्रधानसेनापति प्रभुराम शर्मालाई समेत आमन्त्रण गरिएको थियो ।
गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृतहरू, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म