संयुक्त राष्ट्रसंघको महासभा : कश्मीरको मुद्दामा भारत–पाकिस्तान आमनेसामने

काठमाडौँ । पाकिस्तानका अन्तरिम प्रधानमन्त्री अनवर उल हक कक्कडले संयुक्त राष्ट्रसंघको महासभामा कश्मीरको मुद्दा उठाएपछि भारतले पनि प्रतिक्रिया दिएको छ । कक्कडले कश्मीरलाई भारत र पाकिस्तानबीचको शान्तिको कुञ्जी भएको बताए । उनले भारतले जम्मू कश्मीरमा गैरकानुनी रूपमा कब्जा गरेको र त्यहाँ जनमत सङ्ग्रह गर्नुपर्ने बताए ।
जवाफमा, संयुक्त राष्ट्रमा भारतका प्रथम सचिव पेटल गहलोतले पाकिस्तानले प्रत्येक पटक प्रतिष्ठित प्लेटफर्मको दुरुपयोग गरी भारतको विरुद्ध निराधार र झूटा प्रचार फैलाउने जिकिर गरिन्। उनले भनिन्, ‘संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू र अन्य बहुपक्षीय सङ्गठनहरूलाई राम्रोसँग थाहा छ कि पाकिस्तानले मानवअधिकारमा आफ्नो कमजोर रेकर्डबाट अन्तर्राष्ट्रिय समुदायको ध्यान हटाउन यस्तो गर्छ।’
हामी फेरि भन्छौँ कि जम्मू कश्मीरको केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो। जम्मू र कश्मीर र लद्दाख को केन्द्र शासित प्रदेशहरूसँग सम्बन्धित मामिलाहरू पूर्णतया भारतको आन्तरिक मामिला हो र पाकिस्तानलाई हाम्रो घरेलु मामिलाहरुमा टिप्पणी गर्ने अधिकार छैन।’
फेब्रुअरी १४, २०१९ मा पुलवामा हमला पछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । घटनामा ४० केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) का जवानहरूले ज्यान गुमाएका थिए । त्यसपछि भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेर जवाफ दिएको दाबी गरेको थियो । सोही वर्ष भारतले जम्मू–कश्मीरबाट धारा ३७० हटाएको थियो र जम्मू–कश्मीरलाई दिइएको विशेष दर्जाको अन्त्य गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न