खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

हाङझाउ । चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत शान्ति, एकता र समावेशीता प्रवर्द्धन गर्न आह्वान गरेका हुन् ।
राष्ट्रसित सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिए ।
विश्वव्यापी रूपमा मानवजातिले अकल्पनीय चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै चिनिया कम्युनिष्ट पार्टीका महासचिव सीले एसियाली जनताले ती चुनौतीहरूलाई पनि ऐतिहासिक अवसरका रुपमा लिएर एकजुट भई सामना गर्नुपर्ने बताए । उनले साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए