सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा शनिबार हुने ‘ध्यानद्वारा ऊर्जा जागरण’ एक दिवसीय कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ ।
गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा शनिबार बिहान ७ः३० मा राष्ट्रपति पौडेलबाट उक्त कार्यशालाको समुद्घाटन हुने मन्त्रालयले जानकारी दिएको छ ।
कार्यशालामा अपरान्ह ४ः३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुख र प्रधानसेनापति प्रभुराम शर्मासमेतलाई आमन्त्रण गरिएको छ ।
गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृत, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनेछन् ।
गृह मन्त्रालयले ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पुर्याउने चरणबद्ध अभियान तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
-
आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कसलाई कति लाग्छ शुल्क ?
-
छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो