बोल्न नसक्ने आरोपीतले लेखे–अन्यत्र पनि हत्या गरेको छु
काठमाडौं । काठमाडौंको गैह्रीगाउँस्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपीतले अन्यत्र पनि हत्या गरेको दाबी गरेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका संजय भण्डारीले काठमाडौँमा अन्य दुई ठाउँमा हत्या गरेको जिकिर गरेका हुन् ।
उनले भदौ २९ मा राति सः मिलमा नवीन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका संजय जन्मजात नै बोल्न सक्दैन थिए । फरक क्षमता भएका संजयलाई प्रहरीले दोभाषेको सहयोगमा लेख्न लगाएर सोधपुछ गरिरहेको छ ।
सोधपुछ गर्दा उनले नक्सालस्थित भाटभटेनी, धुम्बाराही र रातोपुलमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरु चकित भएका छन् । संजय ‘सिरियल किलर’ हुनसक्ने आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौँले उनले दाबी गरेका घटनाहरुबारे पनि अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले आरोपीतलाई लगेर भाटभटेनी र रातोपुलको घटनास्थल निरीक्षण गरेका छन् । अनुसन्धान अधिकृतहरुले उनले दाबी गरेका कुराहरु पुष्टि गर्ने प्रयास गरिरहेका छन् । हत्या गरेको दाबी गरेपनि उनले मिति स्पष्ट भन्न सकेका छैनन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘उनले भनेका कुरा सत्य हुन वा हैनन् भन्नेबारे हामी पुष्टि गर्ने प्रयासमा छौँ ।’
नक्सालको बाल मन्दिरमा उनले १२ कक्षासम्म पढेका छन् । बालमन्दिरमा पढ्न जाँदा उनी पैदल हिँडेर काँडाघारीस्थित दिदी–भिनाजुको घरबाट आउजाउ गर्थे । एकजना व्यक्तिसँग १३ हजार लिनुपर्ने तर, नदिएपछि हत्या गरेको उनले अनुसन्धान अधिकृतहरुसँग दाबी गरेका छन् ।
पक्राउ परेको दिन उनले लेखेका थिए,‘आई किल्ड फोर पिपुल ।’ उनी नेपाली र अंग्रेजीमा लेखेर प्रहरीले भाषा सहयोगीमार्फत सोधेका प्रश्नको जवाफ फर्काउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख