शिक्षक आन्दोलन
सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, ०५ असोज २०८०, १८ : ०३

काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् ।
सहमतिपछि सञ्चारमन्त्री रेखा शर्माले सहमतिअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने बताइन् ।
‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो । संसदीय सर्वोच्चता र मागमा छलफल हुँदा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त भयो’, उनले भनिन्, 'सहमतिसँगै भोलिदेखि नै आन्दोलन फिर्ता हुन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो