कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, बम्परमा कार पुरस्कार

काठमाडौँ । कोका कोला नेपालले “चिल एन विन” को सफलता पछि “चिल एन विन २.०” क्याम्पेन लिएर आएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिने पनि कम्पनीको भनाइ छ ।
यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ । यी कोडहरू “चिल एन विन २.०” क्याम्पेनको वेबसाइट डब्लुडब्लुडब्लु डट स्प्राइट डट कम डट एनपीमा पनि पठाउन सकिन्छ । एसएमएस मार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा अंग्रेजीमा कोक स्पेस लेबल युनिक कोड स्पेश पूल नेम टाईप गरी ३४००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ । यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
“चिल एन विन २.०” क्याम्पेन १ सेप्टेम्बर देखि सुरु भएको हो भने ३१ अक्टोबरसम्म चल्नेछ । ग्राहकहरूले यस क्याम्पेनमा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन । कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ । “चिल एन विन” को पहिलो संस्करण, “क्याप मा कार” तथा “स्प्राइटसंग जित्ने मौका” कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरू मध्येका केही क्याम्पेन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई