आर्थिक उपार्जनमा युवाहरूलाई जोड्नुपर्छ: मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक उपार्जनमा युवाहरूलाई जोड्नु पर्ने बताएका छन् । बागमती प्रदेश युवा परिषदको आयोजनामा आज हेटौँडामा प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजगी तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले युवाहरूलाई कृषि उत्पादनमा जोड्दै आर्थिक विकासमा अग्रसर गराउनु पर्ने बताए ।
कृषि क्षेत्रमा युवाहरुको संलग्नता बढाएर आर्थिक उपार्जनमा जोड्ने सरकारको तयारी रहेको उनले बताए । युवाहरूलाई कृषि क्षेत्रमा तालिम र रोजगारी सृजनामा सरकारको जोड रहेको उनको भनाई छ । उनका अनुसार हरेक स्थानीय तहमा तालिम दिएर युवालाई कृषि उत्पादनमा जोड्ने सरकारको योजना रहेको छ ।
युवाहरूलाई आवश्यक तालिम दिएर स्वरोजगार बनाउने र रोजगारीमा जोड्दै युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने पहल सरकारबाट भइरहेको उनले बताए । युवाहरूलाई स्वदेशमा नै टिकाउने आधुनिक कृषि प्रणालीको विकास गर्दै युवाहरूलाई सहभागी गराउन सरकारले योजना बनाइरहेको उनको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार सक्रिय रहेको बताए ।
‘प्रदेशलाई खाद्यान्न तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन समुदायमा आधारित कृषि उत्पादनमा जोडने तयारी भइरहेको छ । उत्पादनमा आधारित भएर अनुदान दिने र खाद्यान्नमा आत्म निर्भर बनाउने अभियानमा सरकार अघि बढेको छ ।’ उनले भने, ‘कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी आर्थिक सहायता उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका