जीवनबहादुर शाहीले भने–पार्टीलाई मन परेको छैन भने संघीयता हटाइदिऔँ
शुक्रबार, ०५ असोज २०८०, १४ : ४४

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनका लागि संविधान अनुसार अधिकार प्रत्यायोजन हुनेगरी कानुन बन्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा नेता शाहीले संविधान कार्यान्वयन गर्न त्यस अनुसारको कानुन बनाउन आवश्यक रहेका बताए ।
‘यदि संघीयता हाम्रो पार्टीलाई नै मन परेको छैन भने यसलाई हटाइदिऔँ । बिना कामको त्यसै मन्त्री भनेको छ, मुख्यमन्त्री भनेको छ । होइन भने कानुनमा संविधानले दिएको अधिकार प्राप्त गर्न हामी अगाडि बढ्नुपर्छ ,’ पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले भने ।
प्रदेश सरकारले आफ्नो भवनसमेत बनाउन सक्ने कानुनी आधार नरहेको भन्दै अधिकार नदिएर संघीयता भनिरहन नहुने बताए । संघीयता भन्न त्यस अनुसार अधिकार प्रत्यायोजित गर्दै कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म