पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा : सांसद खनाल
शुक्रबार, ०५ असोज २०८०, १४ : ४१

काठमाडौँ । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन बोर्डले बजेट एलोकेट गर्न नसक्दा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता हुन नसकेको भन्दै समितिको ध्यानाकर्षण गराए ।
उनले अझै अक्टोबरमा हुने पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा बजेट नभएकै कारण नेपालबाट सहभागिता हुन नसक्ने कुरा आइरहेको भन्दै समितिले यसबारेमा गम्भीर रुपमा सोच्नुपर्ने बताए ।
सांसद खनालले समितिले सरकारलाई यसबारेमा आवश्यक निर्देशन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
-
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?
-
काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब
-
राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन