विद्यालय शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन् गरेको छ : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको भन्दै शिक्षा विधेयकको विरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताए । उनले स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्नेकुरा संघीयता विरोधी भएको बताए ।
उनले भने, ‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन् । शिक्षा विधेयकको विरोधको नाममा सडक अवरोध भएको छ । विधेयकमा केही विषय आपत्ति जनक भनेको छ । जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने यो संघीयता विरोधी भयो भनेर आएको छ ।’
सुवालले विधेयकमा शिक्षकले राजनीति गर्न नपाउने उल्लेख गरिएको भन्दै अनियमितता हुन नहुने, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति भएकाले शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन् भएको बताए ।
‘राजनीति गर्न नपाउने भनेर कतिले ठिक छ भने कतिले ठिक छैन भने । भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो । अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति हो’ सुवालले भने, ‘शिक्षकले त्यति पनि बोल्न नपाउने भए यो विधेयक ब्यालेन्स भएन । त्यसकारण यो संघीयता बिरोधी भयो । अर्को राजनीतिको नाउँमा वाक स्वतन्त्रता पनि हनन हुने खालको भयो ।’
सांसद सुवालले शिक्षकहरुले भ्रष्टाचार गर्नु हुँदैन, अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने कुरा पनि राजनीति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित