काठमाडौँमा फायर फाइटिङ तालिम : के–के सिकाइयो ?
_dat81P7L2I.jpg)
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार गण काठमाडौंले फायर फाइटिङ तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बढ्दो शहरीकरणसंगै जुनसुकै स्थानमा हुनसक्ने आगलागी नियन्त्रण तथा धनजनको क्षति न्युनिकरणमा तत्कालै परिचालन हुनसक्ने दक्ष जनशक्ति उत्पादन र पूर्व तयारी स्वरुप यस प्रकारको तालिम संचालन गरिएको बताए ।
करीब ४ हप्ता अवधिको तालिम २ जना महिलासहित कूल ५० जनाले सफलतापूर्वक सम्पन्न गरेका छन् । कार्यक्रममा प्रशिक्षार्थीहरुले ग्यास पाइप, रेगुलेटरमा लागेको आगो नियन्त्रण गर्ने विधी, मानिसको शरीरमा लागेको आगो निभाउने बिधि तथा शहर बस्ती इलाकामा लागेको आगोलाई दमकलको सहायताले नियन्त्रण गर्ने सम्बन्धी डेमोस्ट्रेशन गरिएको थियो ।
तालिममा प्रशिक्षार्थीहरुलाई आगलागी नियन्त्रण गर्दा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु, आगलागी नियन्त्रण गर्ने तरिका र चरणहरुको बारेमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
सरकारले किन खारेज गर्यो नागरिक एप निर्देशिका ?
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन