नेपालमा संस्कृति नीति बनाउन जरुरी भयो : वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले नेपालमा संस्कृति नीति बनाउन जरुरी देखिएको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा संस्कृति नीति नभएका कारण विभिन्न धार्मिक र सांस्कृतिक विद्वेष फैलिरहेको उल्लेख गरे । पुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई संस्कृति नीति बनाउन समितिले निर्देशन दिनुपर्ने बताए । उनले धरानका जस्ता घटनाहरु नेपालमा बढिरहेको भन्दै प्रश्न उठिसकेपछि सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
‘सनातन धर्मका बारेमा एकले एकथोक र अर्कोले अर्कोथोक भनिरहेको छ । त्यसलाई कसरी प्रयोग गर्छौं त । यो खालको कुरा नीति नभएको देखिन्छ, नेपाल सरकारको । एउटा निर्देशन जरुरी छ । धर्मनिरपेक्षतामा कस्तो नीति हुन्छ भन्नेकुरामा जोड दिनुपर्छ’ उनले भने, ‘धरानजस्ता घटना बढेर गएका छन् । एउटा मन्दिर बनायो, धर्म मान्नेका लागि आस्थाको केन्द्र भयो, नमान्नेका लागि सांस्कृतिक सम्पदा हुँदो रहेछ । सांस्कृतिक सम्पदाको नीति के हुन्छ ? धार्मिक केन्द्रमाथिको नीति के हुन्छ ? प्रश्न उठेपछि राज्यले सम्बोधन गर्नुपर्छ ।’
पुनले यसको नयाँ ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीलाई संस्कृति नीति जरुरी देखिन्छ । नीति बनाउन निर्देशन दिनुपर्ने देखिन्छ । धर्म निरपेक्ष सम्बन्धी र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुस् भन्नुपर्ने हुन्छ ।’
सांसद पुनले धर्म निरपेक्ष सम्बन्धी नीति र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र