‘म पनि ऊसँगै मरेँ...’ १६ वर्षीय छोरीको मृत्युमा साउथ अभिनेताकाे क्रन्दन

दक्षिण भारतीय फिल्मका अभिनेता विजय एन्टनीले आफ्नी छोरी मिराको मृत्युबारे प्रतिक्रिया दिएका छन् । विजयकी १६ वर्षीय छोरी मिराको मङ्गलवार राती मृत्यु भएको हो । उनको अन्तिम संस्कार बुधवार चेन्नईमा गरियो ।
छोरीको मृत्युपछि विजय एन्टनीले आफ्नो सोसल मिडियामा भावुक पोस्ट लेखेका छन् । उनले आफ्नी छोरी मिरा सधैँ आफूसँग रहने र जति पनि शुभ कार्य गर्दा छोरीलाई नै समर्पित गर्ने बताएका छन् । विजयको यो पोस्टमा धेरैले उनलाई सान्त्वना दिएका छन् ।
विजयले एक्स (ट्विटर) मा आफ्नी दिवङ्गत छोरीका लागि भावुक नोट लेखेका हुन् । विजयले छोरीलाई बलियो मुटु भएकी र बहादुर बताएका छन् । उनले पोस्टमा लेखे, ‘मेरी छोरी मिरा सबैभन्दा दयालु र बहादुर थिइन् । उनले यो संसारलाई छोडेर गइन् जहाँ कुनै जाति, धर्म, पैसा, ईर्ष्या, पीडा, गरिबी वा खराबी छैन । उनी यस्तो ठाउँमा गएकी छिन् जहाँ जताततै शान्ति छ । (मलाई लाग्छ) उनी अहिले पनि मसँग कुरा गरिरहेकी छिन् । म पनि ऊसँगै मरेँ । अब मैले उनीसँग समय बिताउन थालेको छु ।’
विजयले थपे, ‘म जे जति राम्रो काम गर्नेछु, त्यो उनकै नामबाट गर्नेछु ।’ बुधवार छोरीको अन्तिम संस्कारमा उनकी श्रीमती फातिमा विक्षिप्त थिइन् । थांथी टिभीले आफ्नो आधिकारिक एक्स अकाउन्टमा साझा गरेको पोस्टका अनुसार मिराको अन्तिम संस्कारको क्रममा फातिमाले भनेकी थिइन्, ‘मैले तिमीलाई ९ महिना आफ्नो गर्भमा राखेँ... तिमीले भने मलाई एक शब्द पनि भन्न सक्दिनथ्यौ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
-
बारमा विजयी बने विजय, तस्बिरहरू
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
-
अर्थमन्त्रीप्रति सांसदहरुको गुनासो : हामीले मन्त्रीको ‘डाइलग’ सुन्न पर्ने हाम्रो प्रश्न नसुन्ने
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री