१९ औँ एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको पुरुष टिम स्पर्धामा जापानसँग पराजित

काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिम स्पर्धामा शुक्रबार नेपाल पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत प्रारम्भिक चरणको खेलमा जापानले नेपाललाई ३—० ले पराजित गरेको हो ।
पहिलो खेलमा जापानका तोमोकाजु हारिमोतोले नेपालका रुविन महर्जनलाई ३—१ सेटले हराए । उक्त खेलमा जापानका हारिमोतो ६—११, ११—२, ११—३ र ११—५ ले विजयी भए । अर्को खेलमा जापानका माहरु योसिमुराले नेपालका संयोग कपालीलाई ३—० सेटले हराए । उक्त खेलमा जापानी खेलाडी योसिमुरा ११—७, ११—३ र ११—७ अंकले विजयी भए ।
यसैगरी तेस्रो खेलमा जापानका सुनसुके तोगामीले नेपालका विलास श्रेष्ठलाई ३—० सेटले पराजित गरेका थिए । उक्त खेलमा जापानी खेलाडी ११—६, ११—३ र ११—३ अंकले विजयी भएका थिए । यसअघि शुक्रबार नै टेबलटेनिसको महिला टिम स्पर्धामा नेपाल पराजित भएको थियो । महिला टिम स्पर्धाको प्रारम्भिक चरणको खेलमा सिंगापुरले नेपाललाई ३—० ले हराएको थियो । समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोगेको थियो ।
पहिलो खेलमा नेपालकी नविता श्रेष्ठ सिंगापुरकी झु जिङ्यीसँग ०—३ सेटले पराजित भएकी थिइन् । सिंगापुरकी खेलाडीले नवितालाई ११—४, ११—३ र ११—४ अंकले पराजित गरेकी थिइन् । दोस्रो खेलमा नेपालकी सिक्का सुवाल पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले नै पराजित भएकी थिइन् । सिंगापुरकी जिन जेङले नेपालकी सिक्कालाई ११—२, ११—१ र ११—४ अंकले हराएकी थिइन् ।
यसैगरी तेस्रो खेलमा नेपालकी इभाना थापामगर पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले पराजित भएकी थिइन् । सिंगापुरकी रु झिन वङले नेपालकी इभानालाई ११—३, ११—७ र ११—४ अंकले पराजित गरेकी थिइन् । एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
१९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नै नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल भियतनामसँग खेल्दैछ । प्रतियोगितामा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा बंगलादेश र जापान पनि छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । त्यसपछि समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बंगलादेशसँग खेल्नेछ ।
१९औं एसियाली खेलकुदमा नेपालले फुटबलतर्फ महिला स्पर्धामा मत्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भाग लिएको छैन । एसियाली खेलकुदको १९ औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा